काठमाडौं । त्रिपुरेश्वरमा चालकले आफैँ आगो लगाएको सार्वजनिक बस क्रेनको सहायताले घटनास्थलबाट हटाइएको छ।
बा ५ ख ४२७४ नम्बरको बसमा चालक २५ वर्षीय दावा लामाले आगो लगाएका थिए । बसमा यात्रु थिएनन्।आगलागीबाट घाइते लामालाई उद्धार गरी कीर्तिपुरस्थित बर्न अस्पताल लगिएको छ।
बसमा आगो लगाउनुको कारण खुल्न बाँकी छ । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।



