Oct 29 2026 | २०८३ कार्तिक १३ गते

एमालेमा अझै गठन भएन स्थायी कमिटी र पोलिटब्युरो

एमालेमा अझै गठन भएन स्थायी कमिटी र पोलिटब्युरो

सोमवार, आश्विन ५ २०८३
  • काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटीको तेस्रो बैठक आजदेखि सुरु हुँदैछ। ललितपुरको भनिमण्डलस्थित एक पार्टी प्यालेसमा बस्ने बैठकका एजेन्डा तय गर्न अहिले सचिवालय बैठक बसिरहेको छ।

    नौ महिनाअघि गत पुसमा सम्पन्न ११औँ महाधिवेशनले पदाधिकारीसहित केन्द्रीय कमिटीको चयन गरेको थियो । तर केन्द्रीय कमिटी बैठक बस्न ढिलाइ हुँदा पोलिटब्युरो र स्थायी कमिटी गठन अहिलेसम्म हुन सकेको छैन । एमालेमा स्थायी कमिटी र पोलिटब्युरो गठन केन्द्रीय कमिटी बैठकबाटै गर्ने व्यवस्था छ।

    images

    एमालेमा केन्द्रीय कमिटीको एकतिहाइ पोलिटब्युरो र पोलिटब्युरोको एकतिहाइ स्थायी कमिटीको आकार हुने वैधानिक व्यवस्था छ । एमालेको केन्द्रीय कमिटी ३०१ सदस्यीय रहेकाले त्यसको एकतिहाइ अर्थात् १०० जनाको पोलिटब्युरो गठन गर्नुपर्छ । पोलिटब्युरोको एकतिहाइ अर्थात् ३३ सदस्यीय स्थायी कमिटी गठन हुन्छ।

    आजदेखि बस्ने केन्द्रीय कमिटी बैठकमार्फत स्थायी कमिटी र पोलिटब्युरो गठन गर्नुपर्ने नेताहरूले बताउँदै आएका छन्।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार