Oct 29 2026 | २०८३ कार्तिक १३ गते

भोटेकोशी बाढीः जुम्लामा डिएनए परीक्षणका लागि नमुना सङ्कलन

भोटेकोशी बाढीः जुम्लामा डिएनए परीक्षणका लागि नमुना सङ्कलन

आइतवार, आश्विन ४ २०८३
  • काठमाडौँ । रसुवाको भोटेकोशी बाढीमा परी बेपत्ता भएका जुम्लाका नागरिकको पहिचानका लागि आफन्तको डिएनए परीक्षणको नमुना सङ्कलन गरिएको छ।

    जिल्लाको पातारासी गाउँपालिकाका ३३ र गुठीचौरका छ जनाको डिएनए परीक्षणको नमुना सङ्कलनगरी ललितपुरमा रहेको राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक एवं प्रवक्ता शालिकराम खनालले जानकारी दिए।

    images

    जनस्वास्थ्य सेवा कार्यालय जुम्लाका सूचना अधिकारी प्रेमबहादुर सोमइका अनुसार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका स्वास्थ्यकर्मीको सहकार्यमा पातारासी र गुठीचौरका प्राप्त आफन्तको रगतको नमुनामध्ये ३९ वटाको डिएनए परीक्षण भइसकेको छ । बाँकीको नमुना सङ्कलन काठमाडौँमा भएको जानकारीमा आएको उनले बताउ । नमुनाको ‘प्रोफाइल’ निकालेर डिएनए मिलान गरेपछि परिवारलाई शव हस्तान्तरण गरिने छ।

    जिल्ला प्रशासन कार्यालयको तथ्याङ्कअनुसार बाढीमा परेर जिल्लाका ९३ जना सम्पर्कविहीन भएकामा हालसम्म ३० जना सम्पर्कमा आएका छन् । बाँकी ६३ जना अझै सम्पर्कविहीन रहेको प्रशासनले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार