Oct 29 2026 | २०८३ कार्तिक १३ गते

सभापतिमा गगनको विकल्प छैन : नेता भट्टराई

सभापतिमा गगनको विकल्प छैन : नेता भट्टराई

आइतवार, आश्विन ४ २०८३
  • काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराईले पार्टीको सभापतिमा गगन थापा निर्विकल्प भएको बताएका छन्।

    आइतबार तनहुँमा वडा अधिवेशनको उद्घाटन गर्दै नेता भट्टराईले कांग्रेस एक भएर जानुको विकल्प नभएको र बदलिएको अवस्थामा पार्टीको सङ्गठन ढाँचा र कार्यशैली परिवर्तन आवश्यक रहेको बताए । यो सबैका लागि पार्टी नेतृत्व बलियो हुनु आवश्यक छ, उनले भने महाधिवेशनमा अरू पदमा प्रतिस्पर्धा भए पनि सभापतिमा गगनजी निर्विकल्प हुनुहुन्छ।

    images

    नेता भट्टराईले नयाँ भनिए पनि रास्वपाको नेतृत्वले ग्यास अभाव, सुकुमबासी व्यवस्थापन, विपद्को उद्धारलगायतमा नेतृत्व दिन नसकेको भन्दै अब एकीकृत र कार्यशैली फेरिएको कांग्रेसमार्फत १५ औँ महाधिवेशनपछि स्थानीय र प्रदेश हुँदै सङ्घमा कांग्रेसले सफल नेतृत्व दिने बताए।

    नेता भट्टराईले युवा र बलियो सरकार भए पनि रास्वपा नेतृत्वले विपद्लगत्तै उद्धारमा विदेशी विज्ञको सहायता लिएको भए धेरै ज्यान बच्न सक्ने भए पनि नेतृत्वले हठ लिँदा अहिले शव झिक्नुपर्ने बाध्यता आएको बताए । एक हप्ता अघि मात्र सहयोग लिन सकेको भए धेरैको ज्यान बच्ने रहेछ, उनले भने।

    अहिले काम गर्ने कर्मचारीतन्त्रमाथि समेत थिचोमिचो भएको भन्दै उनले तानाशाही लाद्न खोजिएको जिकिर गरे। अहिलेका नियुक्तिमा आफ्ना मात्र खोजिएको भन्दै नेता भट्टराईले संसद्‌बाट तानाशाही व्यवस्था ल्याउन प्रयास भइरहेकाले रोक्नु आवश्यक रहेको बताए।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार