काठमाडौं । आइतबार दिउँसो १ बजे बस्ने तय भएको नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक समय परिवर्तन भएको छ । यससँगै पार्टी अध्यक्ष केपी शर्मा ओली पार्टी कार्यालयबाट बाहिरिएका छन्।
अध्यक्ष ओली दिउँसो १ बजे पार्टी कार्यालय च्यासल पुगेका थिए। तर बैठक बस्न नसकेपछि उनी करिब आधा घण्टा पार्टी कार्यालयमा बसेर बाहिरिएका हुन्।
एमाले केन्द्रीय कार्यालयका सचिव डा। भीष्म अधिकारीका अनुसार सचिवालय बैठकको समय परिवर्तन गरेर दिउँसो ३ बजेका लागि तय गरिएको छ। निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठक नसकिएकाले सचिवालय बैठकको समय परिवर्तन गर्नुपरेको उनले बताए।
‘कार्यदलको बैठक सकिएन। अहिले खाना ब्रेक भएको छ’, सचिव अधिकारीले भने, ‘खाना खाइसकेर कार्यदलको बैठक बसेर सकिएपछि सचिवालय बस्छ।’
बिहान ९ बजेदेखि पार्टी कार्यालय च्यासलमा एमाले निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठक बसिरहेको छ।



