काठमाडौं । विदेशी कामदाको कोटा पुरा भएको बताउँदै गत मे ३१ तारिकदेखि विदेशी कामदार ल्याउन रोक लगाएको मलेसियाले आगामी सेप्टेम्बरदेखि फेरि विदेशी कामदारको नयाँ एप्रुभल खुला गर्ने भएको छ ।
मानव संशाधन मन्त्रालयअन्तर्गत रहेको विदेशी कामदारको कोटा स्वीकृति गर्ने वैदेशिक श्रमिक व्यवस्थापन महाशाखा (बीपीपीए) खारेज गरी भर्खरै मात्रै त्यहाँको गृह मन्त्रालयले विदेशी कामदारको कोटा स्वीकृतिलगायतका अधिकार आफू माताहत लिएको थियो । यस्तो अधिकार गृहमन्त्रालयले लिएपछि विदेशी कामदारको कोटा फेरि खुला गरिएको छ । यसबाट नेपाली कामदारलाई मौका मिल्ने देखिएको छ ।
मलेसियामा यसअघि बंगलादेशी कामदार प्राथमिकतामा पर्ने गरेकोमा अब भने नेपाली कामदारले प्राथमिकता पाउने अड्कल काटिएको गरिएको छ । मलेसियामा इन्डोनेशियाली कामदारपछि नेपाली ठूलो संख्यामा रहेका छन् । तर सीप र दक्षताका दृष्टिकोणले नेपाली कामदारका मुख्य प्रतिस्पर्धी बंगलादेशी कामदार मानिन्छन् । बंगलादेशी कामदार सीप र दक्षता मात्रै नभइ कामदारको डिमाण्डको कमिशनका दृष्टिकोणले पनि नेपालीसँग प्रतिस्पर्धी मानिन्छन् ।
बंगलादेशमा भर्खरै भएको राजनीतिक उलटपुलट र सत्ता परिवर्तनका साथै नयाँ सरकार गठन लगायतका विषयमा रहेका अन्योलका कारणले बंगलादेशी कामदारहरुको लागि मलेसियामा गमन सहज छैन । जोडकोण मिलाउने सके्त त्यसको प्रत्यक्ष लाभ नेपालले लिन सक्नेछ । तथ्यांकहरुका अनुसार हाल मलेसियामा औद्योगिक, निर्माण, सेवा, वृक्षारोपण, कृषि, घरेलु काम र खानी तथा उत्खनन क्षेत्रमा गरी २३ लाखभन्दा बढी विदेशी कामदार रहेका छन् ।
मलेसियाले विदेशी कामदारको नयाँ एप्रुभलको खोलेपछि तयारी गरेसँगै एयर एसियाले अक्टोबर महिनादेखि नेपालमा दैनिक तीन फ्लाइट शुरु गर्ने तयारी गरेको छ । नेपालमा उडान अनुमति पाएको उक्त एयरलाइन्स सस्तो टिकटदरको निम्ति परिचित छ । यसअघि मलेसियाबाट काठमाडौंका लागि लगातार ६ वर्ष उडान गरेर बन्द गरेको उक्त वायुसेवाले अब भने थाइल्याण्डबाट पनि भैरहवा र काठमाडौंमा उडान गर्ने भएको हो ।



