Oct 28 2026 | २०८३ कार्तिक १२ गते

१ वर्षमा वैदेशिक रोजगारीमा गएका एउटै जिल्लाका २८ जनाको मृत्यु, १८८ मुद्दा दर्ता

१ वर्षमा वैदेशिक रोजगारीमा गएका एउटै जिल्लाका २८ जनाको मृत्यु, १८८ मुद्दा दर्ता

मंगलवार, श्रावण २९ २०८१
  • काठमाडौं । एक वर्षको अवधिमा नवलपरासी (बर्दघाट सुस्तापूर्व)बाट वैदेशिक रोजगारीमा गएका २८ जनाको मृत्यु भएको छ । 

    चालू आर्थिक वर्षको हालसम्मको अवधिमा जिल्लाबाट वैदेशिक रोजगारीमा गएका २७ पुरुष र एक महिलाको मृत्यु भएको सुरक्षित आप्रवासन कार्यक्रमका संयोजक रितुराम सोतीले बताए ।

    images

    अत्यधिक समय काम गर्ने, तनावमा काम गर्ने लगायत कारणले उनीहरूले ज्यान गुमाउने गरेको पाइएको कार्यक्रमका परामर्शदाता रञ्जना लम्सालले बताइन्। धेरै रकम खर्चेर विदेश गएको हुँदा धेरै आम्दानी गर्ने दबाबका कारण लगातार काम गर्दा पनि कतिपय घटना हुने गरेको उनले बताइन्  । 

    यस्तै, संयोजक सोतीका अनुसार जिल्लामा एक वर्षमा वैदेशिक रोजगार सम्बन्धी १८८ मुद्दा दर्ता भएका छन् । तथ्याङ्क अनुसार ठगीमा पर्नेको संख्या सबैभन्दा बढी छ। १८८ मध्ये ११८ मुद्दा ठगी सम्बन्धी छन् । उद्धार सम्बन्धी ३०, मृत्युका ३० र अन्य प्रकृतिका १० मुद्दा छन् । 

    सुरक्षित आप्रवासन कार्यक्रम मार्फत दर्ता भएकामध्ये ८१ मुद्दाको समाधान गरिएको र यसबाट पीडितलाई तीन करोड २० लाख ६० हजार क्षतिपूर्ति उपलब्ध गराइएको संयोजक सोतीले बताए । –रासस

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार