Oct 29 2026 | २०८३ कार्तिक १३ गते

राजेन्द्र महतो नेतृत्वको मुक्ति पार्टीका महासचिवसहित ९ जनाको सामूहिक राजीनामा

राजेन्द्र महतो नेतृत्वको मुक्ति पार्टीका महासचिवसहित ९ जनाको सामूहिक राजीनामा

शुक्रवार, आश्विन २ २०८३
  • काठमाडौं । राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपालका महासचिवसहित नौ जना केन्द्रीय पदाधिकारी तथा सदस्यले सामूहिक राजीनामा दिएका छन्।

    काठमाडौंको शान्तिनगरस्थित पार्टी केन्द्रीय कार्यालयमा राजीनामा पत्र बुझाउँदै उनीहरूले आजैदेखि लागू हुने गरी साधारण सदस्यसमेत नरहने गरी पार्टीका सम्पूर्ण जिम्मेवारी त्यागेका हुन्।

    images

    राजीनामा दिनेमा पार्टी महासचिव केशवकुमार झासहित केन्द्रीय सदस्यहरू चन्द्रानन्द मिश्र, पंकजकुमार देव, हिरालाल मण्डल, अनुपम झा, रिषिका जलान, कुमारी तामाङ, ललन मिश्र र शैशव राजु रहेका छन्।

    उनीहरूले बुझाएको राजीनामा पत्रमा पार्टीको साधारण सदस्यसमेत नरहने गरी सम्पूर्ण जिम्मेवारीबाट राजीनामा दिएको उल्लेख गरेका छन्।

    राजीनामा दिएका नेताहरूले पार्टी अध्यक्ष राजेन्द्र महतोसहित नेतृत्वको सुखद भविष्यको कामनासमेत गरेका छन्।

    पार्टी परित्याग गर्नेहरूले अब ‘हुंकार मधेश अभियान’मार्फत वैचारिक विकल्प अघि सार्दै त्यसका लागि संघर्षको यात्रा अगाडि बढाउने बताएका छन्।

    समाजका विभिन्न क्षेत्रका सक्षम तथा योग्य व्यक्तित्वलाई एकताबद्ध गर्दै विस्तृत योजनासहित छिट्टै सार्वजनिक रूपमा प्रस्तुत हुने प्रतिबद्धतासमेत उनीहरूले जनाएका छन्।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार