Oct 29 2026 | २०८३ कार्तिक १३ गते

धनराज गुरुङले छाडे शेखरको साथ, विजयकुमार गच्छदार पनि गगनतिरै

धनराज गुरुङले छाडे शेखरको साथ, विजयकुमार गच्छदार पनि गगनतिरै

पूर्वपदाधिकारीमध्ये बद्री पाण्डे र उमाकान्त चौधरीबाहेक सबै महाधिवेशन प्रक्रियामा भाग लिने

शुक्रवार, आश्विन २ २०८३
  • काठमाडौं । नेपाली कांग्रेसभित्रको विवादमा मध्यमार्गी भूमिका देखिएका नेता डा. शेखर कोइराला पनि एक्लिँदै गएका छन्।

    पूर्वउपसभापति धनराज गुरुङसहित अधिकांश नेताहरू सभापति गगन थापासँग लागेपछि शेखर एक्लिँदै गएका हुन्।

    images

    पूर्वसभापति शेरबहादुर देउवा समूहका अधिकांश नेताहरूलाई हिजो गगनले स्वागत गरेपछि कोइरालाले वार्ताबाटै समस्याको समाधान गर्न अपिल जारी गरेका थिए। उनले आफू मध्यमार्गी भूमिकामै रहने जनाएका थिए।

    पूर्वउपसभापति धनराज गुरुङसहित अधिकांश नेताहरू भोलिबाट सुरु हुने महाधिवेशन प्रक्रियामा सामेल हुने एक पदाधिकारीले बताए।

    धनराजसहित किरण यादव, चन्द्रमोहन यादव, कृष्णचन्द्र नेपाली, दीपक गिरी, रुक्मिणी कोइरालालगायत नेताहरू महाधिवेशन प्रक्रियामा सामेल हुने ती नेताको भनाइ छ।

    शेखरनिकट रहेका बद्री पाण्डे, सञ्जय गौतम, सरिता प्रसाईँले अहिलेसम्म कतै सहभागी नहुने पक्षमा छन्। १४ औँ महाधिवेशनबाट निर्वाचित पूर्व पदाधिकारीमध्ये अहिलेसम्म बद्री पाण्डे र उमाकान्त चौधरीबाहेक सबै महाधिवेशन प्रक्रियामा भाग लिने ती नेताले दाबी गरे।

    यस्तै, लामो समयदेखि देउवा निकट रहेका विजयकुमार गच्छदार पनि संस्थापन पक्षले अघि सारेको महाधिवेशन प्रक्रियामा भाग लिन तयार भएको ती पदाधिकारीले बताए।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार