Oct 29 2026 | २०८३ कार्तिक १३ गते

ल एसिया सम्मेलनमा वरिष्ठ अधिवक्ता ज्ञवालीले उठाए भोटेकोशी बाढी र जलवायु क्षतिपूर्तिको मुद्दा

ल एसिया सम्मेलनमा वरिष्ठ अधिवक्ता ज्ञवालीले उठाए भोटेकोशी बाढी र जलवायु क्षतिपूर्तिको मुद्दा

शुक्रवार, आश्विन २ २०८३
  • काठमाडौँ। दक्षिण कोरियाको राजधानी सोलमा आयोजित ३९औँ ल एसिया सम्मेलनमा नेपालका तर्फबाट वरिष्ठ अधिवक्ता डा. चन्द्रकान्त ज्ञवालीले भोटेकोशी नदीमा आएको विनाशकारी हिमनदी बाढी र त्यसबाट भएको ठुलो धनजनको क्षतिको विषयलाई प्राथमिकताका साथ उठाएका छन्।

    गत भदौ १० गते भोटेकोशी बाढीबाट १ हजार २ सय ८७ जनाको मृत्यु भएको तथा करिब ३८७.५४ अर्ब रुपैयाँ बराबरको आर्थिक क्षति भएको तथ्य प्रस्तुत गर्दै उनले नेपालको जलवायु क्षतिपूर्ति दाबीलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रमुखताका साथ राखेका हुन्।

    images

    नेपालले अति कम अर्थात् ०.१ प्रतिशत मात्र हरितगृह ग्यास उत्सर्जन गर्ने भए पनि जलवायु परिवर्तनको असन्तुलित मार व्यहोर्नुपरेको यथार्थ डा. ज्ञवालीले प्रस्तुत गरे। उनले यस सम्मेलनमार्फत एसिया-प्रशान्त क्षेत्रलाई जलवायु न्यायको पक्षमा आफ्नो नेतृत्व सुदृढ गर्न र नेपाललाई जलवायु क्षतिपूर्ति तथा पुनर्स्थापनामा सहयोग गर्न आह्वान समेत गरेका छन्।

    ‘बदलिँदो वैश्विक क्रम परिप्रेक्ष्य र चुनौतीहरू’ विषयक सत्रमा नेपालको तर्फबाट वरिष्ठ अधिवक्ता डा. ज्ञवालीले वक्ताका रूपमा प्रस्तुतीकरण गरेका थिए। उक्त सत्रमा विशेष गरी राजनीतिक अस्थिरता, विधिको शासन, जलवायु न्याय, भोटेकोशी बाढीको सन्दर्भसहितको क्षतिपूर्ति, मानव अधिकार र स्वतन्त्र न्यायपालिकाको भूमिकाका विषयमा गहन छलफल भएको थियो।

    एसिया-प्रशान्त क्षेत्रका प्रख्यात न्यायाधीशहरू, कानुनविद्हरू र अधिवक्ताहरूको बाक्लो उपस्थिति रहेको यस सम्मेलनलाई दक्षिण कोरियाका राष्ट्रपति ली जे-म्युङ, संयुक्त राष्ट्रसङ्घका पूर्वमहासचिव बान कि मुन, दक्षिण कोरियाका प्रधानन्यायाधीश, संवैधानिक अदालतका अध्यक्ष किम साङ-ह्पान, ल एसियाका अध्यक्ष याप टियोंग लियाङ र कोरियाली बार एसोसिएसनका अध्यक्ष किम जुङ-वुकले सम्बोधन गरेका थिए।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार