Oct 29 2026 | २०८३ कार्तिक १३ गते

राष्ट्रियसभामा सांसदहरूद्वारा जनसरोकारका विषयमा सरकारको ध्यानाकर्षण

राष्ट्रियसभामा सांसदहरूद्वारा जनसरोकारका विषयमा सरकारको ध्यानाकर्षण

शुक्रवार, आश्विन २ २०८३
  • काठमाडौँ । राष्ट्रियसभाको शून्य समयमा बोल्दै सांसदहरूले मुलुकका समसामयिक र गम्भीर जनसरोकारका विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्। उनीहरूले आपराधिक घटनामा संलग्नलाई कारबाही, न्यायपालिकाको निष्पक्षता र पूर्वाधार विकासमा देखिएका समस्याहरूबारे सरकारलाई सचेत गराएका हुन्।

    सांसदहरू पूजा चौधरी र रुक्मिणी कोइराला बलात्कार तथा हत्याका घटनाप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन्। सांसद चौधरीले ३ वर्षीया बालिकाको बलात्कार तथा हत्यामा संलग्नलाई बाल सुधार गृहमा पठाउनु र अन्यलाई धरौटीमा छाड्नु न्यायोचित नभएको बताइन् । उनले यस्ता आपराधिक मनोवृत्ति भएका व्यक्तिहरूलाई समाजमा खुला रूपमा छोड्नु गलत भएको भन्दै दोषीलाई जन्मकैदको माग गरिन्।

    images

    यसैगरी, सांसद रुक्मिणी कोइरालाले पछिल्ला समय देशका विभिन्न भागमा महिला हिंसा र बलात्कारका घटना दोहोरिरहेको भन्दै गृहमन्त्रीको ध्यानाकर्षण गराइन्।

    सांसद विष्णुबहादुर विश्वकर्माले भदौ २४ गते सर्वोच्च अदालतमा भएको तोडफोडको घटनाप्रति गम्भीर असन्तुष्टि जनाए । उनले सर्वोच्च अदालत जस्तो गरिमामय संस्थाको सुरक्षा व्यवस्था चुस्त बनाउन र यस्ता घटनाको उच्चस्तरीय छानबिन गरी दोषीउपर कडा कारबाही गर्न सरकारसँग माग गरे।

    सांसद कृष्णप्रसाद अधिकारीले बाटो, घाटो, पुल र सडकको अवस्था दयनीय रहेको भन्दै सरकारको ध्यानाकर्षण गराए । रसुवा जिल्लाका विभिन्न गाउँपालिकामा बाटोघाटोको अभावमा स्थानीय नागरिकले सास्ती भोग्नुपरेको उल्लेख गर्दै उनले तत्काल सडक मार्ग सुचारु गर्न र आवश्यक खाद्य सामग्री, औषधी लगायतका उपभोग्य वस्तुहरूको आपूर्ति व्यवस्था मिलाउन आग्रह गरे।

    साथै, उनले स्थानीय तहसँग समन्वय गरेर तत्काल काम थाल्न सरकारसँग माग गरे।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार