Oct 29 2026 | २०८३ कार्तिक १३ गते

अभद्र व्यवहारसम्बन्धी मुद्दामा रास्वपा वडा सभापति पक्राउ

अभद्र व्यवहारसम्बन्धी मुद्दामा रास्वपा वडा सभापति पक्राउ

शुक्रवार, आश्विन २ २०८३
  • काठमाडौँ । वीरगन्ज महानगर पालिकाको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वडासभपतिलाई प्रहरीले पक्राउ गरेको छ। वीरगन्ज महानगरपालिका वडा नम्बर २५ का वडासभापति प्रकाश साह पक्राउ परेका हुन।

    अभद्र व्यवहारसम्बन्धी मुद्दामा उनलाई बिहिबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका डीएसपी चक्र मल्लले बताए । उनले वीरगन्ज भन्सारस्थित एकीकृत जाँच चौकी (आईसीपी) परिसरमा अर्का एकजनालाई हातपात गरेको आरोप छ।

    images

    भदौ ३० मा वीरगन्ज भन्सारस्थित एकीकृत जाँच चौकी (आईसीपी) परिसरमा माछाको गाडी पास गराउने सन्दर्भमा दुई जनाको बिचमा झगडा भएको थियो । सो घटनाका पीडितको जाहेरीको आधारमा प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । उनलाई अहिले वडा प्रहरी कार्यालय श्रीपुरमा राखिएको छ।

    माछा व्यापारमा सिन्डिकेट खडा गर्ने नियतले एकीकृत जाँच चौकी परिसरमा झडप भएको अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन् । उनी विरुद्ध ३० गते आईसीपी परिसरमा भएको झगडामा घाइते भएका मनिष गुप्ताले उनीविरुद्ध जाहेरी दिएका हुन्।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार