Oct 29 2026 | २०८३ कार्तिक १३ गते

रसुवा बाढी : त्रिशूली–१ काे टनेलबाट ६ शव निकालियो, थप आकृति देखिएपछि उद्धार कार्य जारी

रसुवा बाढी : त्रिशूली–१ काे टनेलबाट ६ शव निकालियो, थप आकृति देखिएपछि उद्धार कार्य जारी

शुक्रवार, आश्विन २ २०८३
  • काठमाडौँ । भोटेकोसीमा आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन भएकाहरूको खोजीका क्रममा रसुवास्थित माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको अडिट–३ सुरुङबाट ६ वटा शव निकालिएको छ।

    आयोजनाका प्रतिनिधिसहितको संयुक्त उद्धार टोलीले खोजी गर्ने क्रममा सुरुङभित्र ढलानका लागि बुनिएको डन्डीको जालीको भित्री भागमा अल्झिएको अवस्थामा शव फेला पारेको हो।

    images

    उद्धार टोलीले ग्राइन्डर, ग्यास कटर तथा रोटरी रेस्क्यु उपकरणको प्रयोग गरी सुरुङबाट ६ वटै शव बाहिर निकालेको जनाएको छ।

    सुरुङभित्र हिलोले छोपिएको अवस्थामा थप शवजस्तो आकृति समेत देखिएको उद्धार टोलीले जनाएको छ। उक्त क्षेत्रमा थप खोजी तथा उद्धार कार्य जारी रहेको छ।

    गत भदौ १० गते रसुवाको भोटेकोसीमा आएको विनाशकारी बाढीका कारण माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनासँग सम्बन्धित केही व्यक्ति सम्पर्कविहीन भएका थिए।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार