Oct 29 2026 | २०८३ कार्तिक १३ गते

१५ औं महाधिवेशन विधिसम्मत सम्पन्न गर्न अडिग छौं : प्रकाशमान सिंह

१५ औं महाधिवेशन विधिसम्मत सम्पन्न गर्न अडिग छौं : प्रकाशमान सिंह

शुक्रवार, आश्विन २ २०८३
  • काठमाडौं । नेपाली कांग्रेस संस्थापन इतर समूहका नेता प्रकाशमान सिंहले १४ औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिले नै नियमित प्रक्रियामार्फत १५ औँ महाधिवेशन गर्ने स्पष्ट पारेका छन्।

    गणेशमान सिंहको २९औँ स्मृति दिवसका अवसरमा शुक्रबार काठमाडौंको शोभाभगवतीमा आयोजित माल्यार्पण कार्यक्रममा नेता सिंहले आठौँ, नवौँ र दसौँ महाधिवेशनको परम्परा जस्तै १४ औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिले नै नियमित प्रक्रियामार्फत १५ औँ महाधिवेशन गर्ने स्पष्ट पारेका हुन् । 

    images

    उनले आफ्नो पक्षका अरु नेताले जुनसुकै बाटो रोजे पनि वा साथ छोडे पनि पार्टीभित्र लोकतान्त्रिक मूल्य–मान्यता,विधि र परम्पराको रक्षा गर्न आफूहरू अडिग रहने धारणा राखे । नेता सिंहले विधान र नियम मिचेर,पद र सुविधाका लागि जबर्जस्ती आह्वान गर्न खोजिएको ’विशेष महाधिवेशन’ अलोकतान्त्रिक अभ्यास भएको भन्दै १४ औँ महाधिवेशनबाट निर्वाचित कार्यसमिति नै आधिकारिक रहेको दावी गरे ।

    पार्टीको विधि,नियम र विधानलाई तोडमोड गरेर गरिने महाधिवेशनको सट्टा नियमित प्रक्रियाबाटै अगाडि बढ्नुपर्ने उनले बताए। उनले अदालतले कानुनी निरुपण गर्ने भए पनि राजनीतिक मुद्दाहरूको समाधान पार्टीको आन्तरिक लोकतान्त्रिक मूल्य र पद्धतिबाटै हुनुपर्ने उल्लेख गरे।

    २०४६ सालमा प्रजातन्त्र पुनस्र्थापनाका लागि भएको जनआन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहको २०५४ साल असोज २ गते निधन भएको थियो । 

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार