काठमाडौँ । छुट जग्गा दर्ता सिफारिससहितको मिसिल भूमि प्रशासन कार्यालय, मनमैजुमा पठाउने विषयमा सेवाग्राहीसँग घुस मागेको आरोपमा नापी अधिकृत डिल्लीबहादुर वलीलाई ९ लाख रुपैयाँसहित अख्तियार दुरुपयाेग अनुसन्धान आयाेगले नियन्त्रणमा लिएकाे छ।
काठमाडौँ, नापी कार्यालय डिल्लीबजारअन्तर्गत ३ नं. नापी टोली, माछापोखरीका टोली प्रमुख नापी अधिकृत वलीले सम्बन्धित काममा अनावश्यक दुःख–हैरानी दिई घुस/रिसवत मागिरहेको भन्ने सूचना तथा उजुरी प्राप्त भएको थियो।
उक्त उजुरीका आधारमा आयोगबाट खटिएको टोलीले वलीलाई ९ लाख रुपैयाँ घुस/रिसवत लिइसकेको अवस्थामा काठमाडौँको टोखा नगरपालिका–५, वसुन्धारा चोकस्थित एक रेस्टुरेन्टबाट २०८३ भदौ ३१ गते नियन्त्रणमा लिएको आयोगले जनाएको छ।
नियन्त्रणमा लिँदा उनीबाट घुसबापत लिइएको भनिएको ९ लाख रुपैयाँसमेत बरामद गरिएको आयोगको भनाइ छ।
आयोगका अनुसार वलीविरुद्ध घुस/रिसवत तथा भ्रष्टाचारसम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको छ। बिहीबार विशेष अदालतको आदेशबाट म्याद थप भई अनुसन्धान कार्य अघि बढाइएको प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए।



