Oct 29 2026 | २०८३ कार्तिक १३ गते

अवैध कल बाइपास सञ्चालन गरेको आरोपमा भारतीय नागरिक पक्राउ

अवैध कल बाइपास सञ्चालन गरेको आरोपमा भारतीय नागरिक पक्राउ

बिहिवार, आश्विन १ २०८३
  • काठमाडौँ । चितवनको भरतपुरबाट अवैध रूपमा अन्तर्राष्ट्रिय कल बाइपास (भीओआईपी) सञ्चालन गरेको आरोपमा एक भारतीय नागरिक पक्राउ परेका छन्।

    पक्राउ पर्नेमा २५ वर्षीय भारतीय नागरिक कथराम निथिन रहेका छन्। उनलाई भरतपुर महानगरपालिका–२, आँपटारीबाट बिहीबार नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

    images

    नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) र जिल्ला प्रहरी कार्यालय चितवनको संयुक्त टोलीले नेपाल टेलिकम तथा एनसेल आजियाटा लिमिटेडको प्राविधिक समन्वयमा उनलाई नियन्त्रणमा लिएको हो।

    प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानका क्रममा बरामद उपकरण तथा सामग्रीहरू भीओआईपीमा प्रयोग भइरहेको खुलेको छ। उक्त कार्य दूरसञ्चार ऐन, २०५३ को दफा ४७ को उपदफा ५ बमोजिम कसूर मानिन्छ।

    प्रहरीले उनकाे साथबाट २६ थान मोबाइल, २ थान ल्यापटप, ७७ थान एनसेल सिमकार्ड, १८ थान नेपाल टेलिकमका सिमकार्ड र ४ थान सीपीयू बरामद गरेको छ।

    बरामद उपकरणमार्फत ठुलो संख्यामा सिमकार्ड प्रयोग गरी अन्तर्राष्ट्रिय कललाई अवैध रूपमा बाइपास गर्ने गतिविधि भइरहेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ।

    उनीमाथि जिल्ला प्रहरी कार्यालय चितवनमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार