Oct 28 2026 | २०८३ कार्तिक १२ गते

सिंगापुरमा नेपाली श्रमिकहरू लैजान प्रस्ताव

सिंगापुरमा नेपाली श्रमिकहरू लैजान प्रस्ताव

सोमवार, श्रावण २८ २०८१
  • काठमाडौं । सिंगापुरमा नेपाली श्रमिकहरूलाई लैजना प्रस्ताव गरिएको छ । 

    नेपाल निर्माण व्यवसायी महासंघले एसियाली तथा पश्चिम प्रशान्त क्षेत्रका निर्माण संगठनहरूको छाता संगठन (ईफाप्का)का महासचिव एनजी एक मंगसँगको भेटवार्तामा उक्त प्रस्ताव गरिएको हो । 

    images

    ईफाप्का सदस्य राष्ट्रका समस्यालाई सम्बोधन र सम्बन्ध बिस्तार गर्नका लागि पाँच दिने नेपाल भ्रमणमा आएका महासचिवसँग उक्त प्रस्ताव गरिएको हो । 

    महासचिवसँगको भेटपछि महासंघका अध्यक्ष रवि सिंहले महासचिवसँग सिंगापुरको विकासको प्रविधि साटासाट गर्ने विषयमा समेत छलफल भएको बताए । 

    सिंहले नेपालको श्रम शक्तिलाई सिंगापुरमा सीप सिक्नको लागि पठाउने र नेपाल सिंगापुरको निर्माण क्षेत्रसँग सहकार्य गर्न प्रस्ताव गरिएको बताए । उनले महासचिवले महासंघको प्रस्तावलाई स्वीकार गरेको पनि जानकारी दिए । 

    अध्यक्ष सिंहले नेपालमा निर्माण श्रमिकलाई तालिम केन्द्र स्थापना गरी सिंगापुरमा श्रमिक पठाउने विषयमा छलफल भएको बताए ।ईफाप्कामा १८ देशहरू सदस्यको रुपमा रहेको भन्दै सबै देशको निर्माण क्षेत्रका समस्या सुन्ने र सुधार गर्ने योजनाका साथ भ्रमण गरेको बताए । 

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार