Oct 29 2026 | २०८३ कार्तिक १३ गते

समाचार

परराष्ट्रमन्त्री खनाल र डब्लूएचओ क्षेत्रीय निर्देशक बाल्खीबिच भेटवार्ता

परराष्ट्रमन्त्री खनाल र डब्लूएचओ क्षेत्रीय निर्देशक बाल्खीबिच भेटवार्ता

बिहिवार, आश्विन १ २०८३
  • काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) पूर्वी भूमध्यसागरीय क्षेत्रकी क्षेत्रीय निर्देशक डा.हनान एच.बाल्खीले परराष्ट्रमन्त्री शिशिर खनालसँग शिष्टाचार भेटवार्ता गरेकी छन् । बिहीबार परराष्ट्र मन्त्रालयमा उनीहरूबिच शिष्टाचार भेटवार्ता भएको हो।

    भेटमा डा.बाल्खीले नेपालमा हालै आएको बाढीबाट प्रभावित तथा ज्यान गुमाएकाहरूप्रति गहिरो समवेदना व्यक्त गर्दै कठिन परिस्थितिमा नेपाल सरकारले देखाएको नेतृत्वको प्रशंसा समेत गरिन् । भेटका क्रममा डा.बाल्खीले डब्लूएचओको महानिर्देशक पदका लागि आफ्नो उम्मेदवारी, दृष्टिकोण तथा प्राथमिकताबारे जानकारी गराउँदै आफ्नो उम्मेदवारीका लागि नेपालको समर्थनको अपेक्षा व्यक्त गरिन्।

    images

    परराष्ट्रमन्त्री खनालले यस कठिन समयमा साउदी अरेबियाबाट नेपालप्रति व्यक्त गरिएको ऐक्यबद्धताप्रति आभार व्यक्त गरे । मन्त्री खनालले जलवायु परिवर्तनका कारण उत्पन्न स्वास्थ्यसम्बन्धी जोखिम तथा रोगको प्रभाव नेपाललगायत जोखिममा रहेका विकासशील मुलुकहरूमा बढ्दै गएको विषयमा समेत जोड दिए।

    उनले जलवायुजन्य स्वास्थ्य चुनौतीको सामना गर्न अन्तर्राष्ट्रिय सहकार्य र प्रभावकारी स्वास्थ्य प्रणालीको आवश्यकता रहेको बताए। उक्त अवसरमा नेपालका लागि साउदी अरेबियाका राजदूत फाहद मोहम्मद ए.मनिकरको पनि सहभागिता रहेको थियो।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार