काठमाडौँ । नेपाल सरकारले सञ्चालन गरेको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’अन्तर्गत दैनिक पुरस्कार विजेताहरूको सूची सार्वजनिक भएको छ।
भदौ १६ गतेदेखि ३१ गतेसम्मको कारोबार विवरणका आधारमा विजेता उपभोक्ताहरूको सूची सार्वजनिक गरिएको हो।
सार्वजनिक विवरणअनुसार विभिन्न व्यावसायिक प्रतिष्ठानबाट वस्तु तथा सेवा खरिद गरी विद्युतीय बिल लिने उपभोक्ताहरू यो प्रणालीबाट पुरस्कृत भएका छन् । सरकारले बजारमा पारदर्शी कारोबार बढाउन र कर प्रणालीलाई व्यवस्थित गर्न यस्तो कार्यक्रम ल्याएको हो।







