Oct 28 2026 | २०८३ कार्तिक १२ गते

नेपालबाट केयरगिभरका लागि इजरायल जान ‘भाषा परीक्षा’ नहुने, ‘लक्की ड्र’मार्फत कामदारको छनोट गरिने

नेपालबाट केयरगिभरका लागि इजरायल जान ‘भाषा परीक्षा’ नहुने, ‘लक्की ड्र’मार्फत कामदारको छनोट गरिने

सोमवार, श्रावण २८ २०८१
  • काठमाडौं । नेपालबाट केयरगिभरका लागि इजरायल जान भाषा परीक्षा नहुने भएको छ । इजरायल आफ्नो देश लैजान लक्की ड्रमार्फत कामदारको छनोट गर्ने वैदेशिक रोजगार विभागले जनाएको छ ।

    विभागको इजरायल–जापान शाखाका निर्देशक गिरिराज ज्ञवालीले इजरायलले छोटो प्रक्रियाबाट कामदारको छनोट गर्न खोजेको बताएका छन् । उनका अनुसार जति सकिन्छ चाँडो कामदार लैजान खोजेको भन्दै इजरायलकै आग्रहमा उक्त छनोट प्रक्रिया अघि बढिरहेको हो । 

    images

    पहिला भाषा परीक्षा लिइन्थ्यो । तर, अहिले ब्रिटिस काउन्सिलबाट लिएको भाषा परीक्षालाई नै मान्यता दिएको छ भने अब थप भाषा परीक्षा नहुने ज्ञवालीले बताए । 

    विभागले आवश्यक कागजात परीक्षण गरेर तीन हजार ४६१ जनाको सूची इजरायलस्थित पीबालाई पठाएको थियो । उक्त सूचीमा रहेका नाममा पीबाले नेमचेक गर्ने र त्यसपछि सूची विभागलाई पठाउनेछ । 

    विभागले त्यसका लागि साउन २१ गते नै उक्त सूचीका लागि विवरण पठाएको थियो । पीबाले नेमचेक पछिको सूची विभागलाई पठाउने र विभागले पछि लक्की ड्रका लागि पठाउनेछ । 

    लक्की ड्र मार्फत पीबाले एक हजार जना मुख्य उम्मेदवार र एक हजार जना वैकल्पिक उम्मेदवार छनोट गर्नेछ । पीबाले लक्की ड्र मार्फत पठाएकाहरूको सूचीलाई नै विभागले अन्तिम मानेर स्वास्थ्य परीक्षणका लागि पठाउनेछ । 

    त्यही सूचीलाई इजरायलीस्थित रोजगारदाता समक्ष पेस गरिनेछ । रोजगारदाताले कामदार छनोट गरेपछि उनीहरूले नै भिसा शुल्क तिरिदिनेछन् । 

    त्यसपछि दूतावासमा गएर भिसा लगाउने र इजरायल जानका लागि उडान तालिका तय गर्ने कार्यतालिका रहेको छ । यो सबै प्रक्रिया पूरा गरेर सेप्टेम्बरको अन्तिमसम्ममा नेपालबाट कामदार इजरायल लैजाने इजरायलको चाहना रहेको ज्ञवालीको भनाइ छ । 

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार