काठमाडौँ । देउमाई नगरपालिका –०१ साधुगाउँमा बोलेरो जिप सडकमा पल्टिँदा चालकको घटनास्थलमै मृत्यु भएको छ।
बिहीबार प्र.१–०१–००१ ज ३७०६ नम्बरको बोलेरो जिप सडकमा पल्टिएर दुर्घटना हुँदा चालक देउमाई नगरपालिका –०१ चमैता बस्ने अन्दाजी ३५ वर्षीय तीर्थराज बस्नेतको सोही गाडीले थिचिएर घटनास्थलमै मृत्यु भएको हो।
घटनाबारे जानकारी प्राप्त भएपछि इलाका प्रहरी कार्यालय मंगलबारेबाट प्रहरी निरीक्षकको कमान्डमा SOCO सहितको टोली खटिगई आवश्यक कानुनी प्रकृया अगाडी बढाएको र दुर्घटनाको सम्बन्धमा थप अनुसन्धान समेत भइरहेको छ।



