Oct 29 2026 | २०८३ कार्तिक १३ गते

बाढी पीडितलाई एबी ग्रुपको साढे ५ लाख सहयोग

बाढी पीडितलाई एबी ग्रुपको साढे ५ लाख सहयोग

बुधवार, भाद्र ३१ २०८३
  • काठमाडौँ । उद्योगी भीम घिमिरे र उनकी श्रीमती अजिता घिमिरे सञ्चालक रहेको एबी ग्रुप अफ इन्डस्ट्रिज एन्ड ट्रेडिङ हाउसले भोटेकोशी बाढी पीडितका लागि ५ लाख ५१ हजार रुपैयाँ सहयोग गरेको छ।

    घिमिरे दम्पतीले मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलमार्फत बुधबार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम जम्मा गरेका हुन्।

    images

    नेपाल उद्योग परिसंघका केन्द्रीय उपाध्यक्ष एवं कोशी प्रदेश समितिका संस्थापक अध्यक्षसमेत रहेका घिमिरेले बाढीबाट प्रभावित परिवारलाई राहत पुर्‍याउने उद्देश्यले सहयोग गरेको बताए । ‘विपत्तिमा परेका परिवारलाई केही राहत होस् भनेर आफ्नो तर्फबाट सक्दो सहयोग गरेका हौँ,’ उनले भने।

    भोटेकोशी क्षेत्रमा आएको भीषण बाढीबाट ठुलो जनधनको क्षति भएपछि विभिन्न सङ्घसंस्था, उद्योगी व्यवसायी तथा निजी क्षेत्रले राहत तथा पुनर्स्थापनाका लागि सहयोग गर्दै आएका छन्।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार