Oct 29 2026 | २०८३ कार्तिक १३ गते

नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी शिक्षक बनेका भोजराज न्यौपाने दोषी ठहर

नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी शिक्षक बनेका भोजराज न्यौपाने दोषी ठहर

बुधवार, भाद्र ३१ २०८३
  • काठमाडौँ । नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेर राहत शिक्षकको जागिर खाएको अभियोग लागेका भोजराज न्यौपाने विशेष अदालतबाट दोषी ठहर भएका छन् । विशेष अदालतका अध्यक्ष न्यायाधीश वासुदेव आचार्य तथा सदस्यहरू हेमन्त रावल र विदुर कोइरालाको इजलासले न्यौपानेलाई नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको पाइएपछि दोषी ठहर गर्ने फैसला गरेको हो।

    न्यौपाने जुम्लाको पातारासी गाउँपालिका–१ स्थित गंगा माध्यमिक विद्यालय, पेरे माथाचौरमा माध्यमिक विद्यालय तहको गणित (राहत) शिक्षक पदमा कार्यरत थिए । उनले सो पदमा नियुक्ति लिनका लागि त्रिभुवन विश्वविद्यालयबाट जारी गरिएको भनिएको प्रवीणता प्रमाणपत्र तह (आईए) र स्नातक तह (बीए) का झुट्टा (नक्कली) शैक्षिक योग्यताका प्रमाणपत्रहरू पेस गरेका थिए।

    images

    प्राप्त उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको छानबिन तथा अनुसन्धानका क्रममा उनले नक्कली प्रमाणपत्रका आधारमा नियुक्ति लिई शिक्षकका रूपमा सेवा, सुविधा र लाभ लिएको खुलेको थियो।

    अख्तियारले उनलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ उपदफा ९१० अनुसार कसुरदार ठहर गर्दै सोही ऐन बमोजिम सजायको मागदाबी सहित विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरेको थियो । सोही मुद्दामा सुनुवाइ गर्दै विशेष अदालतले उनलाई दोषी ठहर गरेको हो।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार