Oct 29 2026 | २०८३ कार्तिक १३ गते

राजदूत नियुक्तिमा ढिलाइप्रति रास्वपा सांसद न्यौपानेको प्रश्न : कूटनीति बलियो बनाउन सरकार किन मौन ?

राजदूत नियुक्तिमा ढिलाइप्रति रास्वपा सांसद न्यौपानेको प्रश्न : कूटनीति बलियो बनाउन सरकार किन मौन ?

बुधवार, भाद्र ३१ २०८३
  • काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद यज्ञमणि न्यौपानेले लामो समयदेखि राजदूतको पद रिक्त रहेको भन्दै सरकारको कार्यशैलीप्रति गम्भीर प्रश्न उठाएका छन्। प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्दै उनले राजदूतको कुर्सी खाली राखेर मुलुकको कूटनीति बलियो हुन नसक्ने जिकिर गरे।

    उनले भने, ‘राजदूतको कुर्सी खाली राखेर कूटनीति बलियो हुँदैन। आखिर सरकारले अहिलेसम्म राजदूत नियुक्ति किन गर्न सकेको छैन ?’  उनले अझै पनि जनताले दुई तिहाइको जनादेश दिएर पठाएको सरकारबाट सुशासन र प्रभावकारी कार्यसम्पादनको आशा राखेको बताए।

    images

    सांसद न्यौपानेले आफूहरूले पार्टी र सरकारप्रति विश्वास गरेर साथ दिएको तर सरकारको सुस्तताले कूटनीतिक क्षेत्रमा असर पुर्‍याइरहेको उल्लेख गरे । ‘योग्यता, क्षमता र विज्ञता भएका इच्छुक नेपाली नागरिकहरूको कमी छैन, तर नियुक्ति प्रक्रियामा ढिलाइ किन ? आखिर रोकियो कहाँ र कसले रोक्यो,’ न्यौपानेले भने।

    उनले प्रधानमन्त्री संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका जाँदै गरेको सन्दर्भ जोड्दै, अमेरिकामा नै नेपालको राजदूत नहुनु विडम्बनापूर्ण भएको टिप्पणी गरे। उनले भने, ‘हामीले सरकारसँग जोडदार माग गर्दछौँ, अविलम्ब राजदूत नियुक्ति गरियोस्। रिक्त रहेको कूटनीतिक नियोगलाई नेतृत्वविहीन नराखियोस्।’

    सांसद न्यौपानेले नेपालको परराष्ट्र नीतिलाई कर्मचारीको भरमा मात्र नछाड्न पनि आग्रह गरे । उनले परराष्ट्र नीतिको सञ्चालन र कूटनीतिक नियुक्तिलाई प्राथमिकतामा राखेर तत्काल काम अगाडि बढाउन सरकारलाई चेतावनीपूर्ण सुझाव दिए।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार