Oct 29 2026 | २०८३ कार्तिक १३ गते

राष्ट्रसंघको महासभामा नेपालले जलवायु परिवर्तनको मुद्दा सशक्त रूपमा उठाउनुपर्छ: धनञ्जय रेग्मी

राष्ट्रसंघको महासभामा नेपालले जलवायु परिवर्तनको मुद्दा सशक्त रूपमा उठाउनुपर्छ: धनञ्जय रेग्मी

बुधवार, भाद्र ३१ २०८३
  • काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद धनञ्जय रेग्मीले संयुक्त राष्ट्रसंघको महासभामा नेपालले जलवायु परिवर्तनको मुद्दा सशक्त रूपमा राख्नुपर्ने बताएका छन्।

    बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद रेग्मीले प्रधानमन्त्रीको आसन्न राष्ट्रसंघ महासभा भ्रमणका क्रममा नेपालले क्षतिपूर्ति माग्ने शैलीमा भन्दा पनि वैज्ञानिक तथ्य र डेटाका आधारमा संसारलाई नै नेतृत्व गर्दै जलवायु परिवर्तनको मुद्दा उठाउनुपर्ने बताएका हुन्।

    images

    नेपालसँग जलवायु परिवर्तनका कारण हिमताल र हिमनदी पग्लिरहेको यथेष्ट प्रमाण रहेको उनले स्पष्ट पारे। यसका साथै इसिमोड लगायत अमेरिका, चीन र भारतका सरकारी लगानीका विश्वविद्यालय तथा इन्स्टिच्युटका ‘पियर–रिभ्युड’ जर्नलहरूले समेत हिन्दुकुश हिमालय क्षेत्रमा तापक्रम वृद्धि भई हिउँ पग्लने दर उच्च भएको पुष्टि गरेको उनले उल्लेख गरे।

    नेपालका विश्वविद्यालय, इसिमोड र अनुसन्धान संस्थाहरूका वैज्ञानिक डेटालाई एकीकृत गरी एउटै बलियो राष्ट्रिय धारणा बनाएर अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गर्न उनले सरकारलाई सुझाव दिएका छन्।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार