Oct 29 2026 | २०८३ कार्तिक १३ गते

जी डब्ल्यू एमका ओरा ५ र ट्यांक ३००लाई अन्तर्राष्ट्रिय अवार्ड

जी डब्ल्यू एमका ओरा ५ र ट्यांक ३००लाई अन्तर्राष्ट्रिय अवार्ड

बुधवार, भाद्र ३१ २०८३
  • काठमाडौँ । जी डब्ल्यू एम (GWM) का ओरा ५ र ट्यांक ३०० मोडलले २०२६ टोरिनो अटोमोटिभ डिजाइन अवार्ड्स (टाडा) मा अन्तर्राष्ट्रिय सम्मान प्राप्त गरेका छन्।

    टाडा २०२६ अन्तर्गत पारिवारिक कार विधामा ओरा ५ ले ‘बेस्ट इन्टेरियर डिजाइन अवार्ड’ प्राप्त गरेको छ भने प्रिमियम कार विधामा ट्यांक ३०० ले ‘बेस्ट टेक्नोलोजिकल इनोभेसन अवार्ड’ जितेको कम्पनीले जनाएको छ।

    images

    कम्पनीका अनुसार ओरा ५ को इन्टेरियरमा आराम, प्रविधि र दैनिक प्रयोगलाई प्राथमिकता दिइएको छ । आधुनिक डिजाइन, प्रविधिमैत्री ककपिट, कनेक्टिभिटी तथा यात्राको आरामलाई यसको केबिनमा समेटिएको छ।

    यस्तै, ट्यांक ३०० मा प्रिमियम एसयूभीका विशेषतासँगै अफ–रोड प्रविधि र इन्जिनियरिङलाई समेटिएको कम्पनीले जनाएको छ । जी डब्ल्यू एमको ट्यांक ब्रान्डअन्तर्गत विकसित यो मोडलले उन्नत अफ–रोड प्रविधि र प्रिमियम एसयूभीको संयोजन प्रस्तुत गर्ने कम्पनीको दाबी छ।

    यी दुई अवार्डले जी डब्ल्यू एमका विद्युतीय सवारी र प्रिमियम एसयूभीमा डिजाइन तथा प्रविधिको फरक पक्षलाई प्रतिनिधित्व गरेको कम्पनीले जनाएको छ । ओरा ५ विद्युतीय सवारीको डिजाइनमा केन्द्रित छ भने ट्यांक ३०० अफ–रोड क्षमता र प्रविधिमा केन्द्रित मोडल हो।

    नेपालमा जी डब्ल्यू एमको आधिकारिक आयातकर्ता तथा वितरक भीजी इम्पेक्स प्रालि हो । कम्पनीले नेपाली बजारमा विद्युतीय सवारी तथा प्रिमियम एसयूभी सेग्मेन्टमा जी डब्ल्यू एमका विभिन्न मोडल विस्तार गर्दै आएको जनाएको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार