Oct 29 2026 | २०८३ कार्तिक १३ गते

सुनको मूल्य सामान्य बढ्यो, चाँदी पनि महँगियो

सुनको मूल्य सामान्य बढ्यो, चाँदी पनि महँगियो

बुधवार, भाद्र ३१ २०८३
  • काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य सामान्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन प्रतितोला ८०० रुपैयाँले बढेर ३ लाख १ हजार ८०० रुपैयाँ पुगेको छ।

    सोमबार सुन प्रतितोला ३ लाख १ हजार रुपैयाँमा कारोबार भएको थियो । बुधबार सुनको मूल्य प्रतिदश ग्राम २ लाख ५८ हजार ७४५ रुपैयाँ निर्धारण गरिएको महासंघले जनाएको छ।

    images

    यस्तै, चाँदीको मूल्य पनि बढेको छ । बुधबार चाँदी प्रतितोला ४ हजार ६८५ रुपैयाँ पुगेको छ । सोमबार चाँदी प्रतितोला ४ हजार ६२० रुपैयाँमा कारोबार भएको थियो।

    महासंघका अनुसार बुधबार चाँदी प्रतिदश ग्राम ४ हजार १७ रुपैयाँमा कारोबार भइरहेको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार