Oct 29 2026 | २०८३ कार्तिक १३ गते

शिक्षामन्त्री अनुपस्थित भएपछि संसदीय समितिको बैठक स्थगित

शिक्षामन्त्री अनुपस्थित भएपछि संसदीय समितिको बैठक स्थगित

मंगलवार, भाद्र ३० २०८३
  • काठमाडौँ। शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक मन्त्री अनुपस्थित भएपछि स्थगित भएको छ। 

    सिंहदरबारमा मंगलबार बिहान ८ बजेका लागि बोलाइएको बैठकमा सांसदहरू उपस्थित भए पनि सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल उपस्थित नभएपछि बैठक स्थगित गरिएको हो।

    images

    भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा भएको मानवीय तथा भौतिक क्षति, उद्धार, राहत, पुनर्स्थापना र पुनर्निर्माणका सम्बन्धमा शिक्षा मन्त्रालयबाट भएका कामबारे छलफल गर्न बैठक बोलाइएको थियो। मन्त्रालयका कामकारबाहीका क्रममा देखिएका समस्या तथा चुनौती र आगामी दिनमा मन्त्रालयले अवलम्बन गर्ने रणनीतिका विषयमा समेत छलफल गर्ने कार्यसूची रहेको थियो। बैठकका लागि मन्त्री पोखरेलसँगै मन्त्रालयका सचिवलाई समेत बोलाइएको थियो।

    समितिका सदस्यहरू बैठकमा उपस्थित भइसकेपछि मन्त्री पोखरेलले आफू अस्वस्थ रहेको जानकारी गराएका थिए। मन्त्री बैठकमा उपस्थित हुन नसकेपछि समिति सभापति डा. ओजश्वी शेरचनले बैठक स्थगित भएको घोषणा गरिन्।

    बाढी प्रभावित क्षेत्रमा शिक्षा क्षेत्रका संरचना तथा शैक्षिक गतिविधिमा परेको असर, विद्यार्थी र शिक्षकको अवस्था एवम् राहत, पुनर्स्थापना र पुनर्निर्माणका लागि मन्त्रालयले गरिरहेका कामबारे समितिले मन्त्री र सचिवसँग जानकारी लिन बैठक बोलाएको थियो।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार