Oct 29 2026 | २०८३ कार्तिक १३ गते

पूर्वमन्त्री तारामान गुरुङ ८ दिन हिरासत बसेर छुटे

पूर्वमन्त्री तारामान गुरुङ ८ दिन हिरासत बसेर छुटे

आइतवार, भाद्र २८ २०८३
  • काठमाडौँ । पूर्वराज्यमन्त्री तारामान गुरुङ ८ दिन प्रहरीको हिरासतमा बसेर छुटेका छन् । भदौ १८ मा पक्राउ परेका गुरुङ भदौ २६ मा छुटेका हुन्।

    बैङ्किङ कसुर मुद्दामा पक्राउ परेका गुरुङले जाहेरवालालाई बुझाउनुपर्ने रकम बुझाएर छुटेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी दिलीप घिमिरेले रातोपाटीलाई बताए।

    images

    गुरुङ कांग्रेसको अनुशासन समितिका संयोजक हुन् । दोर्जे शेर्पालाई ३३ लाख ५० हजार, रिगुज्याम्पु शेर्पालाई १४ लाख र सुनुर्पु शेर्पालाई २४ लाख रुपैयाँ तिरेर उनी रिहा भएका हुन्।

    काठमाडौँका एसएसपी घिमिरेले भने– ‘भदौ १८ मा हामीले नियन्त्रणमा लिएका थियौँ, मिलापत्र गरेर उहाँ छुट्नुभएको छ।’

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार