Oct 29 2026 | २०८३ कार्तिक १३ गते

गोरखाको पालुङटारमा अटो दुर्घटना, चार जना घाइते

गोरखाको पालुङटारमा अटो दुर्घटना, चार जना घाइते

आइतवार, भाद्र २८ २०८३
  • काठमाडौं । गोरखाको पालुङटार नगरपालिका–४ छापथोकस्थित भित्री सडकखण्डमा अटो दुर्घटना हुँदा चार जना घाइते भएका छन्।

    आइतबार बिहान करिब साढे ९ बजे बडडाँडाबाट ठाँटीपोखरीतर्फ जादै गरेको ग प्र ०३-००१ ह ०२१० नम्बरको अटो सडकबाट करिब १० मिटर तल खसेर दुर्घटना भएको हो।

    images

    दुर्घटनामा पालुङटार नगरपालिका–४ की ४८ वर्षीया पर्मिला जिसी, ४५ वर्षीया गीता श्रेष्ठ र २० वर्षीया प्रगती श्रेष्ठ र पालुङटार–५ की ३१ वर्षीया मेनुका गिरी घाइते भएको प्रहरीले जनाएको छ।

    घाइते चारै जनाको अवस्था मध्यम रहेको डीएसपी राजकुमार श्रेष्ठले बताए। उनका अनुसार घाइतेहरूलाई स्थानीय मेडिकलमा सामान्य उपचारपछि थप उपचारका लागि आँपपिपल अस्पताल हर्मी पठाइएको प्रहरीले जनाएको छ।

    दुर्घटनामा अटो चालक पालुङटार–४ का ३३ वर्षीय सुरेश श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार