Oct 29 2026 | २०८३ कार्तिक १३ गते

कांग्रेसको अनुशासन समितिका संयोजक तारामान गुरुङ ८ दिन हिरासत बसेर छुटे

कांग्रेसको अनुशासन समितिका संयोजक तारामान गुरुङ ८ दिन हिरासत बसेर छुटे

आइतवार, भाद्र २८ २०८३
  • काठमाडौं । नेपाली कांग्रेसको अनुशासन समितिका संयोजक तारामान गुरुङ ८ दिन हिरासत बसेर छुटेका छन्। पूर्वराज्यमन्त्री समेत रहेका गुरुङ जिल्ला प्रहरी परिसर भद्रकाली, काठमाडौंमा ८ दिन हिरासत बसेर छुटेका हुन्।

    परिसरका एसएसपी दिलिप घिमिरेले उनी ८ दिन हिरासत बसेर छुटेको पुष्टि गरे । ‘बैंकिङ कसुरमा पक्राउ परेका थिए। पीडितलाई रकम बुझाएर छुटेका हुन्’, एसएसपी घिमिरेले भने।

    images

    परिसरले उनलाई १८ भदौमा पक्राउ गरेको थियो । उनीविरुद्ध तीन फरक व्यक्तिले उजुरी दिएका थिए। दोर्जे शेर्पालाई ३३ लाख ५० हजार, रिगुज्याम्पु शेर्पालाई १४ लाख र सुनुर्पु शेपालाई २४ लाख तिरेर उनी रिहा भएका हुन् । उनी २६ भदौमा छुटेको प्रहरीले बताएको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार