Oct 28 2026 | २०८३ कार्तिक १२ गते

बंगलादेशमा रहेका नेपाली विद्यार्थीको सुरक्षाप्रति नेविसंघको चासो

बंगलादेशमा रहेका नेपाली विद्यार्थीको सुरक्षाप्रति नेविसंघको चासो

शुक्रवार, श्रावण २५ २०८१
  • काठमाडौं । नेपाली कांग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संघले बंगलादेशमा रहेका नेपाली विद्यार्थीको सुरक्षामा चासो व्यक्त गरेको छ ।

    नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले शुक्रबार विज्ञप्ति निकालेर नेपाली विद्यार्थी र अन्य समुदायको सुरक्षामा चासो राखेका हुन् । 

    images

    बंगलादेशको नवगठित सरकारले विद्यार्थीहरूलाई विश्वविद्यालय पठाउन सहज वातावारण बनाउने अपेक्षा नेविसंघले राखेको छ ।

    संघले बंगलादेशमा अल्पसंख्यक समुदायमाथि भएको हिंसाप्रति पनि चिन्ता व्यक्त गरेको छ ।

    प्रधानमन्त्री शेख हसिनाको सत्ता बर्हिगमनपछि धार्मिक अल्पसंख्यकप्रति हिंसा बढेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् । 

    नवगठित अन्तरिम सरकारले अल्पसंख्यक समुदायको सुरक्षा र अधिकारमा ध्यान राख्ने अपेक्षा रहेको नेविसंघले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार