Oct 28 2026 | २०८३ कार्तिक १२ गते

इपिएस कोरिया : दोस्रो चरणको परीक्षामा करिब ९ हजार परीक्षार्थी उत्तीर्ण

इपिएस कोरिया : दोस्रो चरणको परीक्षामा करिब ९ हजार परीक्षार्थी उत्तीर्ण

बुधवार, श्रावण २३ २०८१
  • काठमाडौँ । रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत दोस्रो चरणको परीक्षामा आठ हजार ९६५ परीक्षार्थी उत्तीर्ण भएका छन् ।

     सन् २०२४ मा इपिएसमार्फत उत्पादनतर्फको क्षेत्रमा काम गर्न जानका लागि दोस्रो चरणको परीक्षामा ६६ हजार ३२६ जना सहभागी भएकोमा आठ हजार ९६५ जना उत्तीर्ण भएको वैदेशिक रोजगार विभाग अन्तर्गतको इपिएस कोरिया शाखाले जानकारी गराएको हो ।

    images

    सो शाखाका अनुसार गत वैशाख ३१ गतेदेखि साउन १६ गतेसम्म ७९ हजार ९३७ जनाका लागि लिइएको दोस्रो चरणको भाषा परीक्षामा ६६ हजार ३२६ जना सहभागी भएका थिए । गोरखापत्रमा खबर छ । 

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार