Oct 31 2026 | २०८३ कार्तिक १५ गते

राजर्षिजनक विश्वविद्यालयका पदाधिकारी र कर्मचारीले प्रधानमन्त्री कोषमा रकम जम्मा गर्ने

राजर्षिजनक विश्वविद्यालयका पदाधिकारी र कर्मचारीले प्रधानमन्त्री कोषमा रकम जम्मा गर्ने

बिहिवार, भाद्र १८ २०८३
  • काठमाडौँ । राजर्षिजनक विश्वविद्यालयले यही भदौ १० गते रसुवास्थित भोटेकोशी नदी तथा तल्लो तटीय क्षेत्रमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आर्थिक सहयोग गर्ने निर्णय गरेको छ।

    विश्वविद्यालय कार्यकारी परिषद्को निर्णय अनुसार विश्वविद्यालय अन्तर्गत विभिन्न तहका पदाधिकारी, शिक्षक तथा कर्मचारीको पारिश्रमिकबाट निश्चित रकम कट्टा गरी कोषमा जम्मा गरिने भएको हो।

    images

    विश्वविद्यालयका अनुसार उपकुलपति र रजिस्ट्रारको एक महिनाको तलब बराबरको रकम कट्टा गरिनेछ । त्यस्तै, डीन, निर्देशक, नियन्त्रक, प्राध्यापक, प्रशासक, सहप्राध्यापक, सहप्रशासक लगायत सो सरहका शिक्षक तथा कर्मचारीबाट मासिक सुरु तलब स्केलको १५ दिन बराबरको रकम कट्टा गरिनेछ।

    सहायक डीन, सहनियन्त्रक, उपप्राध्यापक, उपप्रशासक वा सो सरहका कर्मचारीबाट १० दिनको, सहायक प्राध्यापक तथा शाखा अधिकृत वा सो सरहका कर्मचारीबाट सात दिनको तलब बराबरको रकम कट्टा गर्ने निर्णय भएको विश्वविद्यालयले जनाएको छ।

    यसैगरी, मुख्य कार्यालय सहायक, कार्यालय सहायक वा सो सरहका कर्मचारीबाट पाँच दिन तथा सवारी चालक, कार्यालय सहयोगीलगायत श्रेणीविहीन कर्मचारीबाट दुई दिनको तलब बराबरको रकम कट्टा गरिनेछ।

    उक्त रकम २०८३ साल भदौ महिनाको तलब भुक्तानी गर्दा कट्टा गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको खातामा जम्मा गरिने विश्वविद्यालयको रजिस्ट्रार कार्यालयले जनाएको छ।

    विश्वविद्यालयका रजिस्ट्रार डा.जीवन काफ्लेद्वारा जारी सूचनामा विपद्बाट प्रभावित परिवार तथा समुदायको राहत एवं पुनर्स्थापना कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले रकम कट्टा गर्न लागिएको उल्लेख छ।

    बाढीबाट रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवनलगायतका जिल्लामा ठुलो जनधनको क्षति भएको भन्दै विश्वविद्यालयले दुःख तथा समवेदना व्यक्त गरेको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार