Oct 31 2026 | २०८३ कार्तिक १५ गते

मृतक र बेपत्ता सशस्त्र प्रहरीका परिवारजनसँग महानिरीक्षक पौडेलको भेट

मृतक र बेपत्ता सशस्त्र प्रहरीका परिवारजनसँग महानिरीक्षक पौडेलको भेट

बिहिवार, भाद्र १८ २०८३
  • काठमाडौँ । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले कर्तव्य निर्वाहको सिलसिलामा भोटेकोशी बाढीमा परी मृत्युवरण गरेका सशस्त्र प्रहरी जवान साजन कुँवरप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । महानिरीक्षक पौडेलले नुवाकोटको लिखु गाउँपालिका–१ बरफेदीस्थित कुँवरको निवासमा परिवारजनसँग भेटगरी समवेदना प्रकट गरेका सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए।

    महानिरीक्षक पौडेलले बाढीमा परी बेपत्ता सशस्त्र प्रहरी सहायक हवल्दार आशिष पौडेलका परिवारजनसँग पनि भेटगरी सहानुभूति व्यक्त गरेका छन् । उनले आशिषलगायत बेपत्ता सम्पूर्ण सशस्त्र प्रहरी कर्मचारीको खोज तथा उद्धारमा लागिरहेको स्पष्ट पारे । रसुवा बाढीमा परी सशस्त्र प्रहरी बलका १३ जना सम्पर्कविहीन भएका थिए।

    images

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार