लिस्बन । फ्रान्सको पेरिसस्थित नेपाली दूतावासबाट कामकारबाही र सेवा बन्द गर्न निर्देशन आएपछि पोर्चुगलको राजधानी लिस्बनस्थित रहेको अवैतनिक महावाणिज्य दूतावासको सेवा बन्द भएको छ । महावाणिज्यदूतावासले एक सूचना जारी गर्दै कार्यालयबाट प्रदान गरिने सम्पूर्ण सेवा बन्द भएको जनाएको हो ।
दूतावासको निर्देशनमा कार्यालयको सम्पूर्ण सेवा बन्द भएको जनाउँदै महावाणिज्य दूतावासले सेवाग्राहीमा पर्न गएको असुविधाप्रति क्षमायाचना समेत गरेको छ । पोर्चुगलका लागि नेपाली राजदूत नियुक्त भइसकेकोले कामकारबाही बन्द गर्न निर्देशन दिएबमोमिज सेवा बन्द गरिएको महावाणिज्यदूतावासले जनाएको छ ।



