काठमाडौं । इरानका राष्ट्रपति मसुद पेजेस्कियानले सोमबार साँझ पाकिस्तानका सेना प्रमुख जनरल असिम मुनिरसँग भेटवार्ता गरेका छन्।भेटमा उनले अमेरिकालाई इरानप्रतिको आफ्नो आवाज र दृष्टिकोण परिवर्तन गर्न आग्रह गरे।
पेजेस्कियानले भने, ‘दबाब र धम्कीले सम्झौता कार्यान्वयन अझ जटिल बन्नेछ।’इरानको सरकारी समाचार एजेन्सी आईआरएनएका अनुसार उनले ‘अमेरिकाले कानुन र अन्तर्राष्ट्रिय मापदण्डमा आधारित इरानप्रतिको आफ्नो प्रतिबद्धता र इस्लामाबाद सम्झौता पालना गर्नुपर्ने’ बताए।
यस क्रममा इरानका राष्ट्रपतिले पाकिस्तानको मध्यस्थताका लागि कृतज्ञता पनि व्यक्त गरे।साथै उनले निरन्तर सहयोगले इस्लामाबाद सम्झौताको लक्ष्य प्राप्त गर्न मद्दत गर्ने आशा व्यक्त गरे।जुन सम्झौतापत्रमा पाकिस्तानको मध्यस्थतामा गत जुनमा इरान र अमेरिकाले हस्ताक्षर गरेका थिए।
पाकिस्तानका सेना प्रमुख मुनिर सोमबारदेखि इरान भ्रमणमा छन्।पहिलो दिन जनरल असिम मुनिरसँग छुट्टाछुट्टै भेटघाटमा इरानी संसद्का सभामुख मोहम्मद बाघेर गालिबाफ र सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव मोहसेन रेजाईले पनि अमेरिकालाई सम्झौताको पालना गर्न माग गरेका छन्।



