Oct 28 2026 | २०८३ कार्तिक १२ गते

२० चिनियाँसहित २४ जना सवार जहाज बंगालको खाडीमा डुब्यो, २ चालकको मात्र उद्धार

२० चिनियाँसहित २४ जना सवार जहाज बंगालको खाडीमा डुब्यो, २ चालकको मात्र उद्धार

आइतवार, भाद्र ७ २०८३
  • काठमाडौँ । पानामा झण्डाधारी कार्गो जहाज ‘ओसन विनर’ शनिबार बंगालको खाडीमा डुब्दा २२ जना बेपत्ता भएका छन्।अधिकारीहरूलाई उद्धृत गर्दै समाचार एजेन्सी पीटीआईले जनाएअनुसार दुर्घटना भारतस्थति ओडिसाको पारादीपको तटबाट लगभग २४० समुद्री माइल ९४४४ किलोमिटर० टाढा भएको हो।

    समाचार एजेन्सी रोयटर्सका अनुसार चालक दलका २४ जनामध्ये दुई जनालाई उद्धार गरिएको छ भने बाँकी बेपत्ता छन्।

    images

    जहाजमा २० चिनियाँ, ३ म्यानमारी र १ बंगलादेशी नागरिक थिए।

    अधिकारीहरूका अनुसार जहाज ओडिसाबाट सिंगापुरका लागि फलाम बोकेर जाँदै थियो।

    रोयटर्सले तटरक्षक दलका प्रवक्ता कमान्डेन्ट अमित उनियाललाई उद्धृत गर्दै लेखेको छ, ‘जहाजको खोजी र उद्धारका लागि श्री विजयपुरम ९पहिले पोर्ट ब्लेयर भनेर चिनिन्थ्यो० बाट दुईवटा जहाज पठाइएको छ।’

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार