सन् २०२४ को राहदानी (पासपोर्ट) को र्याङ्किङ सार्वजनिक भएको छ । मंगलबार जारी गरिएको हेन्ले पासपोर्ट इन्डेक्स २०२४ मा सिंगापुर शीर्ष स्थानमा रहेको छ।
सिंगापुरको पासपोर्ट संसारको सबैभन्दा बलियो पासपोर्ट हो। त्यहाँका नागरिकले विश्वका २२७ गन्तव्यमध्ये १९५ गन्तव्यमा भिसा फ्री अर्थात बिना भिसा यात्रा गर्न सक्छन्।
सिंगापुरपछि फ्रान्स, जर्मनी, इटाली, जापान र स्पेन १९२ भिसा फ्री यात्रा गन्तव्यसहित शक्तिशाली पासपोर्टको सूचीमा दोस्रो स्थानमा छन्।
तेस्रो स्थानमा अस्ट्रिया, फिनल्याण्ड, आयरल्यान्ड, लक्जमबर्ग, नेदरल्यान्ड्स, दक्षिण कोरिया र स्विडेन छन्। जसमा १९१ भिसा फ्री गन्तव्य छन्।
२०२४ को लागि शीर्ष १० सबैभन्दा शक्तिशाली पासपोर्टहरू :
१. सिंगापुर (१९५ देशहरूमा भिसामुक्त पहुँच)
२. फ्रान्स, जर्मनी, इटाली, जापान, स्पेन (१९२ देशहरूमा भिसामुक्त पहुँच)
३. अस्ट्रिया, फिनल्याण्ड, आयरल्याण्ड, लक्जमबर्ग, नेदरल्याण्ड, दक्षिण कोरिया, स्वीडेन (१९१ देशहरूमा भिसामुक्त पहुँच)
४. बेल्जियम, डेनमार्क, न्यूजील्याण्ड, नर्वे, स्विट्जरल्याण्ड, युनाइटेड किंगडम (१९० देशहरूमा भिसामुक्त पहुँच)
५. अष्ट्रेलिया र पोर्चुगल (१८९ देशहरूमा भिसामुक्त पहुँच)
६. ग्रीस र पोल्याण्ड (१८८ देशहरूमा भिसामुक्त पहुँच)
७. क्यानडा, चेकिया, हंगेरी र माल्टा (१८७ देशहरूमा भिसामुक्त पहुँच)
८. संयुक्त राज्य अमेरिका (१८२ देशहरूमा भिसामुक्त पहुँच)
९. इस्टोनिया, लिथुआनिया र संयुक्त अरब इमिरेट्स (१८५ देशहरूमा भिसामुक्त पहुँच)
१०. आइसल्याण्ड, लाटभिया र स्लोभाकिया (१८५ देशहरूमा भिसामुक्त पहुँच)
नेपालको राहदानीको यस्तो छ अवस्था
शक्तिशाली पासपोर्टको सूचीमा नेपालको हालत भने दयनीय छ। अमेरिकासहित पश्चिमी देशले कैयौं प्रतिबन्ध लगाएको देश उत्तर कोरियाको पासपोर्ट समेत नेपालको भन्दा शक्तिशाली छ।
नेपाल यो सूचीमा ९८ औँ स्थानमा परेको छ। नेपालको पासपोर्टबाट ३९ देशमा बिना भिसा यात्रा गर्न सकिन्छ।छिमेकी मुलुक भारत ८२ औँ स्थानमा छ। भारतीय नागरिकले ५८ विदेशी गन्तव्यमा भिसा फ्री प्रवेश गर्न सक्छन्।
यसरी तय हुन्छ ताकत,
अनलाइन इन्टरेक्टिभ टूलमार्फत संसारभरीका पासपोर्टसँग जोडिएका आंकडालाई जुटाउने गरिन्छ र यसकै आधारमा हरेक पासपोर्टको भिजा फ्रि स्कोर तय गरिन्छ । जुन देशको पासपोर्टबाट जति देशमा भिजा नलिइकन जोन वा त्यहाँ पुगेर भिजा बनाउने छुट छ त्यसकै आधारमा भिजा फ्रि स्कोर दिइन्छ ।



