Oct 31 2026 | २०८३ कार्तिक १५ गते

५३ लाख बराबरका भन्सार छलीका सामानसहित एक जना पक्राउ

५३ लाख बराबरका भन्सार छलीका सामानसहित एक जना पक्राउ

शुक्रवार, भाद्र ५ २०८३
  • काठमाडौं । दिल्लीबाट काठमाडौं आउँदै गरेको ५३ लाख रुपैयाँ बराबरका भन्सार छलीका सामान बरामद भएका छन्।चन्द्रागिरी नगरपालिका–२ नागढुंगाबाट प्रहरीले उक्त सामान बरामद गरेको हो । दिल्लीबाट काठमाडौं आउँदै गरेको बा प्र. ०३–००१ ख ३५३६ नम्बरको बसको प्यासेजमा राखेर ल्याइएका भन्सार छलीका सामानहरू बरामद गरिएको प्रहरीले बताएको छ।

    उक्त बसबाट प्रहरीले मोबाइल, ल्यापटप, टेम्पर ग्लास, कपडा, जुत्ता गरी ५३ लाखको सामान बरामद गरेको छ।बस चालक कटारी नगरपालिका–११ का ३४ वर्षीय पविन्दर राना मगरलाई पक्राउ गरिएको छ।उनलाई विमानस्थल भन्सार कार्यालयमा बुझाइएको छ।

    images

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार