Oct 31 2026 | २०८३ कार्तिक १५ गते

दुर्गा प्रसाईंको वार्ता टोली हेरफेर

दुर्गा प्रसाईंको वार्ता टोली हेरफेर

शुक्रवार, भाद्र ५ २०८३
  • काठमाडौं । दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानले सरकारसँग संवादका लागि गठन गरेको वार्ता समिति पुनर्गठन गरेको छ ।

    प्रसाईंले आज प्रधानमन्त्री कार्यालयलाई पत्राचार गर्दै वार्ता टोली हेरफेर गरेको जानकारी दिएका हुन् । प्रधानमन्त्रीलाई सम्बोधन गर्दै लेखेको पत्रमा सरकार र महाभियानबीच पीडित नागरिकका न्यायोचित माग तथा मुद्दा समाधानका लागि भैरहेको वार्तालाई थप मर्यादित, व्यवस्थित,जिम्मेवार एवं परिणाममुखी बनाउन वार्ता समितिमा केही हेरफेर गरेको उल्लेख छ। 

    images

    यसैलाई आधिकारिक वार्ता टोली मानी सरकारसँगको वार्तालाई सार्थक निश्कर्षमा पुर्याउन प्रसाईंले आग्रहसमेत गरेका छन् । विष्णु बोहोरा क्षेत्री संयोजकत्वको १० सदस्यीय वार्ता समितिमा विजय थापा, प्रेम थापा मगर, लक्ष्मी राजवंशी, कासिन्दा यादव, रेकु मण्डल, शान्ति केसी, गायत्री राई, गीता खाँण, दिपेश प्रसाईं, अञ्जु गिरी, नरेन्द्र प्रसाद पनेरु, शकुनी सिंह दनुवार, विजय परियार, नुर्जा खातुङ्ग, केयरमान श्रेष्ठ र करुणा कुँवर रहेका छन् ।

    भदौ १ गते प्रधानमन्त्री कार्यालयले पत्र पठाउँदै सहसचिव लिलाधर सुवेदीको संयोजकत्वमा चार सदस्यीय वार्ता टोली गठन गरेको जानकारी दिएको थियो । सरकारी टोलीमा गृह मन्त्रालयका सहसचिव आनन्द काफ्ले, अर्थ मन्त्रालयका सहसचिव महेश आचार्य र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव डिलाराम पन्थी छन् । 

    सरकारको पत्र प्राप्त भएपछि प्रसाईंले मंगलबार क्षेत्रीको संयोजकत्वमा ९ सदस्यीय वार्ता टोली गठन गरेका थिए । जसमा राजु आचार्य, विजय थापा, देवी संग्रौला, हरदेव महतो, लीलदेव दनुवार, लाल शाह, रिकु मण्डल र नरेन्द्र लामा सदस्य थिए ।


     

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार