Oct 31 2026 | २०८३ कार्तिक १५ गते

कांग्रेस महाधिवेशन विवादबीच देउवा र शेखर कोइरालाबीच भेटवार्ता

कांग्रेस महाधिवेशन विवादबीच देउवा र शेखर कोइरालाबीच भेटवार्ता

शुक्रवार, भाद्र ५ २०८३
  • काठमाडौं । नेपाली कांग्रेसभित्र १५औँ महाधिवेशनको कार्यतालिकालाई लिएर विवाद चर्किएका बेला निवर्तमान सभापति शेरबहादुर देउवा र नेता डा.  शेखर कोइरालाबिच भेटवार्ता भएको छ।

    शुक्रबार बिहान १० बजे देउवा निवास चुनदेवी पुगेर नेता डा। कोइरालाले सभापति देउवासँग करिब आधा घण्टा संवाद गरेका छन् । भेटमा पार्टीको पछिल्लो आन्तरिक राजनीति र आसन्न महाधिवेशनको विषयमा केन्द्रित रहेर कुराकानी भएको डा. कोइरालाका स्वकीय सचिव दिनेशचन्द्र थपलियाले जानकारी दिएका छन्।

    images

    कांग्रेसको संस्थापन पक्षले भदौ २४ गतेबाट वडा अधिवेशन सुरु गरी आगामी असोज १६ देखि १९ गतेसम्म १५औँ महाधिवेशन सम्पन्न गर्ने कार्यतालिका सार्वजनिक गरिसकेको छ।तर, देउवा नेतृत्वको इतर समूहले यो कार्यतालिकाको विरोध गर्दै रोक्न अन्तरिम आदेश माग गर्दै आजै (शुक्रबार) सर्वोच्च अदालतमा रिट दर्ता गर्ने तयारी गरेको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार