Oct 31 2026 | २०८३ कार्तिक १५ गते

नाबालिकाको चरित्र हत्या गरेको आरोपमा नुवाकोटका सुदिप पक्राउ

नाबालिकाको चरित्र हत्या गरेको आरोपमा नुवाकोटका सुदिप पक्राउ

शुक्रवार, भाद्र ५ २०८३
  • काठमाडौं । नाबालिकाको चरित्र हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा नुवाकोट शिवपुरी गाउँपालिका बडा नं. ७ बस्ने १९ बर्षका सुदिप कटुवाल रहेका छन्।

    साइबर ब्युरोका अनुसार सामाजिक सञ्जालमा नाबालिकासँग प्रेमसम्बन्धमा रहेको भन्दै विभिन्न सामग्री पोस्ट गरी चरित्र हत्या गर्ने तथा रकमसमेत माग गरेको सम्बन्धमा परेको उजुरीका आधारमा ती युवकलाई भदौ ३ गते पक्राउ गरेकाे हाे।

    images

    काठमाडौं जिल्ला अदालतबाट सात दिन हिरासतमा राख्न अनुमति लिएर पक्राउ परेका उनीविरुद्ध विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा प्रहरीले अनुसन्धान अघि बढाएको छ।

     

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार