Oct 31 2026 | २०८३ कार्तिक १५ गते

समाचार

गरिमालाई न्याय माग्दै माइतीघरमा प्रदर्शन

गरिमालाई न्याय माग्दै माइतीघरमा प्रदर्शन

शुक्रवार, भाद्र ५ २०८३
  • काठमाडौं, भदौ ५ । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१ की तीन वर्षीया गरिमा चौधरीको हत्या घटनामा न्याय माग्दै काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरिएको छ। 

    स्वतन्त्र युवा, अधिकारकर्मी तथा आफन्तहरूको सहभागितामा भएको प्रदर्शनमा सहभागीहरूले ‘गरिमालाई न्याय दे’, ‘बलात्कारीलाई कडा कारबाही गर’, ‘महिला तथा बालबालिका आयोग कहाँ छ?’ लगायतका नारासहित प्लेकार्ड बोकेका थिए। दोषीलाई कडा कानुनी कारबाही गर्न र पीडित परिवारलाई न्याय दिन उनीहरूले सरकारसँग माग गरेका छन्। 

    images

    गरिमा साउन ३१ गते बिहान घरबाट हराएकी थिइन्। त्यसपछि खोजी गर्ने क्रममा भदौ २ गते भक्तिनगरस्थित एक घरको खाली कोठामा उनको शव फेला परेको प्रहरीले जनाएको छ। अनुसन्धानका क्रममा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। 

    घटनापछि बारामा पनि स्थानीय तथा परिवारजनले निरन्तर प्रदर्शन गर्दै आएका छन्। काठमाडौंमा भएको प्रदर्शनले घटनाको निष्पक्ष अनुसन्धान, दोषीमाथि कडा कारबाही र बालबालिकाको सुरक्षाको सुनिश्चितताको मागलाई थप जोड दिएको छ।


    777448061_1368709548166454_2906620053427830648_n.jpg

    779975811_2190286881917778_4709175081035912449_n.jpg
    undefined
    778565542_1054493620499751_86625520837062854_n.jpg
    undefined

     

    777478575_1846533920090571_9113682908538371705_n.jpg
    undefined

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार