Oct 31 2026 | २०८३ कार्तिक १५ गते

बाँसबारीमा भासियो घर

बाँसबारीमा भासियो घर

शुक्रवार, भाद्र ५ २०८३
  • काठमाडौंको बाँसबारीमा साढे दुई तले घर भासिएको छ। वर्षाका कारण जमिन कमजोर भई उक्त घर भासिएको हो।

    काठमाडौं महानगरपालिका-३, बाँसबारीस्थित उक्त घरमा ‘न्यू गण्डकी गेस्टहाउस’ सञ्चालनमा रहेको थियो। महानगरपालिकाका अनुसार बिहीबार बेलुकी करिब ८ बजे वर्षातका कारण भिरालो जमिन खस्किँदा घर भासिएर तल खसेको छ। सो समयमा घरभित्र कोही पनि नभएका कारण ठूलो मानवीय क्षति नभएको महानगरपालिकाले जनाएको छ।

    images

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार