Oct 31 2026 | २०८३ कार्तिक १५ गते

डीडीसीले सुरु गर्‍यो घिउ निर्यात, ५०० किलो दुबई पठाइयो

डीडीसीले सुरु गर्‍यो घिउ निर्यात, ५०० किलो दुबई पठाइयो

शुक्रवार, भाद्र ५ २०८३
  • काठमाडौं । सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी) ले आफ्नो उत्पादन ‘डीडीसी घिउ’ मध्यपूर्वका देशहरूमा निर्यात गर्न सुरु गरेको छ।

    शुक्रबार नेपाल एयरलाइन्सको उडानमार्फत पहिलो चरणमा ५ सय किलो घिउ दुबई पठाएर निर्यातको औपचारिक सुरुवात गरिएको हो । डीडीसीले घिउ निर्यातका लागि निजी क्षेत्रको कम्पनी ‘रातो र चन्द्र सूर्य इन्टरनेसनल प्राइभेट लिमिटेड’ सँग व्यावसायिक सम्झौता गरेको छ।

    images

    डीडीसीका महाप्रबन्धक डा. शरण पाण्डेले अनुसार मध्यपूर्वका सबै देशमा डीडीसीको घिउ निर्यात गर्ने गरी सम्झौता भएको जानकारी दिए।‘हामीले आजदेखि दुबईका लागि ५ सय किलो घिउ पठाएर यसको सुरुवात गरेका छौँ,’ महाप्रबन्धक पाण्डेले अनलाइनखबरसँग भने, ‘वार्षिक ५० हजार किलो (५० टन) निर्यातका लागि सम्झौता भइसकेको छ।’

    हाल घिउ उत्पादन कम भएका कारण पहिलो वर्ष ५० टन निर्यातका लागि मात्रै सम्झौता गरिएको र आगामी दिनमा उत्पादन बढाएपछि विदेश निर्यात हुने परिमाण पनि वृद्धि गरिने डा. पाण्डेले बताएका छन्।

    यो निर्यात मागअनुसार हप्तैपिच्छे पनि हुन सक्नेछ । डीडीसीले मध्यपूर्वसँगै अन्य देशहरूमा पनि बजार विस्तारको काम तीव्र पारेको बताएको छ । महाप्रबन्धक पाण्डेका अनुसार केही समयपछि नै जापान र दक्षिण कोरिया लगायत देशमा समेत घिउ निर्यात हुनेछ।

    ‘हामीले भर्खर सुरुवात गरेका छौँ, अब विस्तारै गर्दै जाने हो, त्यसका लागि हामीसँग कच्चा पदार्थ पनि हुनुपर्‍यो,’ उनले भने, ‘आउँदो कात्तिकदेखि भने हाम्रो उत्पादन जापान, दक्षिण कोरिया र चीनको तिब्बतसम्म जान्छ।’

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार