Oct 28 2026 | २०८३ कार्तिक १२ गते

२०२० को चुनावमा २४ हजार गैर नागरिकहरूले मतदान गरेको ट्रम्पको दाबी

२०२० को चुनावमा २४ हजार गैर नागरिकहरूले मतदान गरेको ट्रम्पको दाबी

बुधवार, भाद्र ३ २०८३
  • काठमाडौँ । सन् २०२० मा अमेरिकी राष्ट्रपति चुनावमा २४,००० भन्दा बढी गैर नागरिकहरूले अवैध रूपमा मतदान गरेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दाबी गरेका छन् । उनका अनुसार अमेरिकी जनगणना ब्युरोले २०२० को मतदाताका डेटालाई नागरिकता जानकारीसँग मिलाएर हेर्न थालेको छ।

    १२ करोड ८० लाख मतदाताहरूको प्रारम्भिक अनुसन्धानमा २४ हजारभन्दा बढी गैर नागरिकहरूले अवैध रूपमा मतदान गरेको ब्युरोले प्रमाणित गरेको ट्रम्पले बताए।ब्युरोले अब थप ३ करोड २० लाख मतदाताहरूको विश्लेषण गरिरहेको र यसपछि यो तथ्याङ्क झनै बढ्ने बताइएको छ । यस क्रममा ट्रम्पले आफूले नै २०२० को चुनाव जितेको दाबी पनि दोहोर्‍याए । अझ अगाडि उनले सेभ अमेरिका ऐन पारित गर्न पनि भनेका छन् । ‘हामीले सेभ अमेरिका ऐन पास गर्नै पर्थ्यो।

    images

    यस मामिलामा ध्यान दिनु भएकोमा धन्यवाद,’ ट्रम्पले भने । जनवरी २९ मा कांग्रेसमा पेस गरिएको प्रस्तावित सेफगार्ड अमेरिकन भोटर एलिजिबिलिटी (सेभ) अमेरिका ऐनको अनुमोदनपछि उनको यो टिप्पणी आएको हो।यो ऐनको उद्देश्य अमेरिकामा सङ्घीय मतदानसम्बन्धी मापदण्डहरू परिमार्जन गर्नु हो । यसले मतदाताको नाम दर्ता गर्दा मतपत्रमा वैध फोटो पहिचानको साथसाथै अमेरिकी नागरिकताको भौतिक प्रमाण (जस्तै– राहदानी वा जन्म प्रमाणपत्र) अनिवार्य गरेको छ।

    साथै, यसले बिरामी, शारीरिक अशक्तता, सक्रिय सैन्य सेवा, वा यात्रासहित विशिष्ट अपवादहरूमा मात्रै मेल मतदानलाई कडाइका साथ सीमित गरेको छ । अनि सङ्घीय डाटाबेस प्रयोग गरेर सङ्घीय मतदाता दर्ताहरूबाट गैर–नागरिकहरूलाई हटाउन अमेरिकी राज्यहरूलाई निर्देशन दिएको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार