Oct 28 2026 | २०८३ कार्तिक १२ गते

रनवेतिर गइरहेको प्राइभेट जेटमा कार ठोक्किएपछि...

रनवेतिर गइरहेको प्राइभेट जेटमा कार ठोक्किएपछि...

बुधवार, श्रावण २७ २०८३
  • काठमाडौं। इटालीको मिलानस्थित लिनाते विमानस्थलमा ग्राउन्ड ह्यान्डलिङमा प्रयोग हुने कार निजी विमानमा ठोक्किएको घटना सार्वजनिक भएको छ।

    यस घटनामा विमान र कारमा क्षति पुगेको छ । सोमबार बिहान करिब ११ः१९ बजेको यस घटनामा कुनै पनि व्यक्तिको मृत्यु वा घाइते भएको खबर आएको छैन । विमानस्थलको सीसीटीभी फुटेजमा फियाट पान्डा कारले रनवेमा गुडिरहेको हकर बिचक्राफ्ट ४००ए निजी विमानको बाटो काटेको देखिन्छ । त्यस क्रममा विमानको अगाडिको भाग कारको यात्रु बस्ने झ्यालमा ठोक्किएको थियो।

    images

    ठक्करका कारण कार र विमान दुवैमा उल्लेखनीय क्षति पुगे पनि चालक तथा विमानमा रहेका व्यक्तिहरू सुरक्षित रहेको बताइएको छ । घटनापछि विमानस्थलका आपत्कालीन सेवा तत्काल घटनास्थलमा पुगेका थिए । दुर्घटनापछि सुरक्षा जाँच र घटनास्थल व्यवस्थापनका लागि लिनाते विमानस्थलमा करिब ३० मिनेट उडान सञ्चालन रोकियो । यस क्रममा विमानस्थलमा अवतरण गर्न लागेको दुईवटा विमानलाई अन्य विमानस्थलतर्फ डाइभर्ट गरियो।

    आवश्यक सुरक्षा जाँच पूरा भएपछि लिनाते विमानस्थलमा पुनः सामान्य उडान सञ्चालन सुरु गरिएको थियो । डाइभर्ट गरिएका दुवै विमान पछि लिनाते विमानस्थलमै फर्किए । आपत्कालीन टोलीले तत्काल प्रतिक्रिया दिई विमानस्थलको एप्रोन सुरक्षित बनाएपछि सामान्य उडान सञ्चालन न्यूनतम ढिलाइका साथ पुनः सुरु गरिएको विमानस्थलका अधिकारीहरूले बताएका छन् । घटनाको कारण र ग्राउन्ड ह्यान्डलिङ कार विमानको बाटोमा कसरी पुगेको भन्नेबारे थप विवरण सार्वजनिक हुन बाँकी छ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार