Oct 28 2026 | २०८३ कार्तिक १२ गते

मालवाहक जहाजमा हुथी आक्रमण, ६ जनाको मृत्यु

मालवाहक जहाजमा हुथी आक्रमण, ६ जनाको मृत्यु

बुधवार, श्रावण २७ २०८३
  • काठमाडौँ। इजिप्टको स्वामित्वमा रहेको मालवाहक जहाज तिहामाहमाथि बाब अल–मन्देब स्ट्रेट क्षेत्रमा हुथी विद्रोही समूहले गरेको आक्रमणमा कम्तीमा ६ जनाको मृत्यु भएको छ । इयमनको अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकारले जनाएको भन्दै अल जजिराले समाचार छापेको छ । घटनामा १० जना घाइते भएको जनाइएको छ।

    यमनी यातायात मन्त्रालयका अनुसार हुथीहरूले जहाजमाथि तीन वटा ब्यालिस्टिक मिसाइल प्रहार गरेका थिए । मिसाइल प्रहारपछि जहाजमा आगलागी हुनुका साथै ठुलो क्षति पुगेको थियो । मृतकमध्ये तीन जना पाकिस्तानी र एक जना इन्डोनेसियाली नागरिक रहेको बताइएको छ।

    images

    उद्धारका क्रममा हुथीहरूले जहाजमाथि अर्को मिसाइल प्रहार गरेको थियो । उक्त दोस्रो आक्रमणमा उद्धार कार्यमा खटिएका दुई सैनिकको मृत्यु भएको बताइएको छ । घाइते हुनेमा जहाजका सात चालक दलका सदस्यसहित अन्य व्यक्ति रहेका छन्।

    आक्रमणको निन्दा गर्दै हुथीविरुद्ध प्रभावकारी र निर्णायक कदम चाल्न यमनको विदेश मन्त्रालयले अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरेको छ । हुथी समूहले भने घटनाबारे आधिकारिक प्रतिक्रिया दिएको छैन । यद्यपि, हुथी नियन्त्रित समाचार संस्था साबाले बाब अल–मन्देबमा सैन्य सामग्री बोकेको साउदी जहाजमाथि आक्रमण गरेको दाबी गरेको छ।

    यमनमा हुथी र साउदी समर्थित सरकार बिचको लामो समयदेखिको युद्धविराम भंग भएपछि क्षेत्रमा तनाव थप बढेको छ। सन् २०२२ मा संयुक्त राष्ट्रसङ्घको पहलमा भएको युद्धविरामको अवस्था पछिल्लो समय कमजोर बनेको छ।

     

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार