काठमाडौँ । प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १८ केजी गाँजा बरामद गरेको छ । भारतीय नागरिकहरुले थाइल्याण्डको बैंककबाट हङकङ ट्रान्जिट भएर सो गाँजा ल्याएका हुन् । मंगलबार राति गाँजा लिएर आएका २ जना भारतीय नागरिकलाई पक्राउ गरिएको लागुऔषध नियन्त्रण ब्युरोका एसएसपी सुवास बोहराले बताए।
पक्राउ पर्नेमा क्याथे प्यासिफिकको उडान हुँदै आएका भारत पन्जाब घर भएका ३६ वर्षीय सन्जिभकुमार र २६ वर्षीय रविकुमारलाई लागुऔषध नियन्त्रण ब्युरोको टोलीले पक्राउ गरेको हो।आरोपीहरूले प्रहरीलाई झुक्याउन बैङ्ककबाट हङकङ पुगेर नेपाल ओर्लिएको प्रहरीको अनुसन्धानले देखाएको छ।एसएसपी बोहरा भन्छन्– ‘बैङ्ककबाट सिधै आउँदा निगरानीमा पर्ने भएपछि उनीहरू हङकङबाट आएको देखिन्छ।’
आरोपीहरूमाथि ब्युरोले लागुऔषध सम्बन्धी कसुरमा अनुसन्धान गरिरहेको छ । थाइल्याण्डबाट गाँजा ओसारपसार गर्नेहरूले पक्राउबाट बच्न आगमन तर्फको भन्सार एरियामा लगेज छाडेर केही दिन पछि एजेन्ट मार्फत लगेज दाबी गरेर लैजाने गरेको भेटिएको छ।



